Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस १७ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | १७ पुस २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल पुस १७ गते, पुस कृष्ण षष्ठी तिथी मंगलबार । सन २०२४ जनवारी २ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्नेछन, शुभ समाचार सुन्न पाइएला। मित्रबाट विशेष सहयोग मिल्नेछ।

वृष – तपाइको आज शैक्षिक क्षेत्र कमजोर रहला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ भने स्वास्थ्यमा धन खर्च हुनसक्छ।

मिथुन - तपाईको आज पुनर्मिलनको योग पनि छ। सामाजिक क्षेत्रमा हातहरू अघि बढ्लान। आफन्तको सफलता र प्रगतिमा मन रमाउला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बन्धु बान्धवबाट सहयोग पाइनेछ। धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। जोशजाँगर र हिम्मत बढ्नेछ।

सिंह – तपाईको आज स्वास्थ्य प्रति सजग रहनु होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ भने मन धार्मिक कार्यमा जानसक्छ। नयाँ योजना पनि बन्नेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्नेछ। अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्न सक्छ। शैक्षिक क्षेत्र कमजोर नै रहनेछ।

तुला - तपाइको आज शुभ कार्यको चर्चा होला, सन्तान सुख पनि मिल्न सक्छ। स्थान परिवर्तनका विशेष योग रहेको छ। अरुको मन जित्न सकिएला।

वृश्चिक – तपाईको आज आफ्नै दक्षतामा कार्यहरू सम्पन्न होलान।

मनोरञ्जन पूर्ण दिन रहेको छ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा होला।

धनु – तपाइको आज राजनैतिक कार्यमा बढी सफलता पाइनेछ। मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइने समय छ। आम्दानी बढाउने योजना गर्न सकिएला।

मकर - मकर राशीका तपाइको आज साँझमा धन खर्च हुनेछ। धन हानी पनि हुनसक्छ। शेयर बजारले पनि साथ नदिने र आहार विहारमा सावधानी अपनाउनु पर्नछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइएला। धर्म कर्म र सामाजिक कार्यमा मन जानसक्छ। काम देखाएर अरूको मन लोभ्याउन सकिएला।

मिन – तपाइको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। आँटेको र ताकेको कार्य अघि बढ्न सक्छ। पारिवारिक सहयोग र सद्भाव बढेर जानेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप