Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन १६ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | १६ साउन २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल साउन १६ गते, साउन शुक्ल  पुर्णिमा तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज कतै घुम्न जाने योजना बन्ला। बोलीको भरमा कार्य सम्पादन हुन सक्ला। एकपछि अर्को अवसर आउनाले काम प्रसन्न रहनेछ।

वृष - तपाईलाई आज दौडधुप गर्नु पर्नेछ र दौडधुपबाट लाभ हुनेछ। रमाइलो यात्राको, मित्रबाट विशेष सहयोग मिल्ने र प्राविधिक काममा बढी सफलता मिल्ने योग रहेको छ।

मिथुन - तपाईको आज कठोर परिश्रम गर्नुपर्ने, अनावश्यक र दैनिक व्यवहारमा खर्च बढ्ने र सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज महिला वा मित्रबाट विशेष सहयोग पाइने, व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने र भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्ने योग छ।

सिंह – तपाईको आज वैदेशिक क्षेत्रमा सफलता मिल्ला। नयाँ अवसर आउनाले मन प्रसन्न रहला। न्यायिक कार्यमा सफलता मिल्नु का साथै बौद्धिकताको विकास होला।

कन्या - कन्या राशीका तपाईको आज विद्या र बुद्धिको विकास होला। अतिथिको रूपमा सत्कार पाइनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। कतै घुम्न जाने योजना पनि बन्न सक्ला।

तुला - तपाइको आज आँटेको काममा सफलता नमिल्न पनि सक्छ। प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न होला, तर धार्मिक कार्यमा मन जानेछ।

वृश्चिक – तपाईको आज धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण होला। कुनै कुराले मनमा प्रसन्नता छउला। चुनौतीबाट मुक्त हुन आफन्तले सहयोग गर्लान।

धनु – तपाइको आज धर्मकर्म, परोपकार तथा समाजसेवामा मन जानेछ। नयाँ काम वा रोजगारको अवसर पाइएला, तर मन भने कमजोर रहिरहला।

मकर - मकर राशीका तपाइको आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना रहेको छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत पनि बढ्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न हुनसक्छ। आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुने समय छ। सामान हराउन सक्ला।

मिन – तपाइको आज परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम होला। वैदेशिक कार्य अघि बढ्ने र आकस्मिक धनलाभ तथआ आर्थिक क्षेत्रमा सफलता मिल्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

 

  • न्युज बहार संवाददाता

थप