Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर ८ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | ८ मंसिर २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल मंसिर ८ गते, कार्तिक शुक्ल द्वादशी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्छ, हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती होला। मनमा दुबिधा उत्पन्न हुनसक्छ।

वृष – तपाइको आज मिहिनेत गर्दा प्रगति होला, व्यापार व्यवसायबाट लाभ मिल्ने देखिएको छैन। पारिवारिक सद्भाव बढ्ने र नयाँ व्यक्तिसँग भेटघाट हुने समय रहेको छ।

मिथुन - तपाईको आज कार्य सम्पादनमा सहजता हुनेछ। पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न होला। लगनशीलताले कामहरू अगाडि बढ्लान।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नसक्छ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। कला र गलाको प्रभाव बढ्नुका साथै मनोरञ्जनमा सहभागिता भइनेछ।

सिंह – तपाईको आज गरेको काममा ढिलासुस्ती होला। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्न सक्छ। मेहनतीहरूका लागि दिन फलदायी नै रहला।

कन्या - कन्या राशीका तपाईको आज लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य हुनेछ। परिवारजनको साथले नयाँ आशा दिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला रहेको छ।

तुला - तपाइको आज नयाँ अलङ्कारको प्राप्ति होला। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन। मनमा हर्ष छाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

वृश्चिक – तपाईको आज वैदेशिक क्षेत्रको काम अघि बढेर जानेछ। अतिथिका रूपमा सम्मान पाइएला। आत्मिक सन्तुष्टि मिल्ने र श्रमको उचित मूल्याङ्कन हुनेछ।

धनु – तपाइको आज बोलीको विपरीत अर्थ पनि लाग्नसक्छ त्यसैले संयम रहनु होला। मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला।

मकर - मकर राशीका तपाइको आज नयाँ कार्य गर्ने योजना पनि बन्न सक्छ। सानो प्रयत्नले ठूलो काम सम्पादन होला। श्रमको उचित मूल्याङ्कन होला। विद्या र बुद्धिको विकास पनि हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज आत्मिक सन्तुष्टि मिल्ने र एउटै कामबाट दोहोरो लाभ हुनेछ। वैदेशिक कार्य अघि बढेर जाला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

मिन – तपाइको आज साङ्गीतिक क्षेत्रमा रुचि बढेर जानेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सजिलो होला। शुभकार्यको चर्चा हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप