Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर १९ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल मंसिर १९ गते, मंसिर कृष्ण अष्टमी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज बोलीको प्रभाव बढ्नाले नयाँ कमको थालनी होला। राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउलान।

वृष – तपाइको आज तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ नहुने देखिन्छ। मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउला।

मिथुन - तपाईको आज विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन किएला। धार्मिक कार्य सफल होला। आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा होला। नयाँ कामका विभिन्न अवसर पाइएला। श्रमको उचित मूल्याङ्कन होला।

सिंह – तपाईको आज आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा त्यस प्रयासबाट दीर्घकालिक फाइदा हुनेछ। कन्या – कन्या राशी हुनेहरुको लागी वैदेशिक काम बन्न सक्नेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्ला, तर सहयोगी र नातागोताको साथ भने पाइएला।

तुला - तपाइको आज स्वादिष्ट भोजन पाइएला। सम्मान र प्रतिष्ठा प्राप्त हुने र परोपकारका क्षेत्रमा लगानीको साथै मान्यजनको सहयोग प्राप्त हुने समय छ ।

वृश्चिक – तपाईको आज ढिलै भए पनि अधुरा काम सम्पन्न होलान। समाज र राज्यबाट मान सम्मान पाइएला। दाम्पत्य जीवनमा मधुरता छाउला।

धनु – तपाइको आज व्यापारबाट भने र सोचेजस्तो लाभ नमिल्न सक्नेछ। कार्य सम्पादनमा सहजता भने आउला। वैदेशिक कमहरू आगाडि बढ्लान।

मकर - मकर राशीका तपाइको आज यात्रामा सावधानी अपनाउनु होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज सहयोगीहरूको राम्रो साथ पाइएला। नयाँ कार्यको योजना वा थालनी होला। सामाजिक कार्यमा सफलता मिल्नेछ।

मिन – तपाइको आज टाढा रहेका साथीभाइहरूसँग भेटघाट होला। ठीक समयमा सही निर्णय लिन सकिएला। स्व अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप