शुभ बिहानी, आज २०८० साल असार ४ गते, असार कृष्ण प्रतिपदा
तिथी सोमबार। न्युज
बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज कुनै न कुनै कुराले मनमा शान्ति छाउला। आर्थिक
क्षेत्रमा राम्रो सफलता होला। अन्योलका बीच उन्नतिको मार्ग पनि भेटिन सक्छ।
वृष - तपाईको
आज मानसिक शान्ति मिल्ने र महिला वर्गबाट विशेष
सहयोग प्राप्त होला। दाम्पत्य सुखले प्रफुल्लित हुनुहोला। वैदेशिक कार्य पनि अघि
बढ्ने योग छ।
मिथुन - तपाईको
आज नयाँ सवारी साधन प्राप्तिको, दिनको उत्तरार्ध
अधिक सुखद् मिल्ने, शुभकार्यको चर्चा हुने रप्रेम प्रस्ताव समेत प्राप्त हुनसक्ने
योग छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता
आउन सक्छ। नजिकको व्यक्तिबाट धोका मिल्नसक्ने भएकोले सचेत हुनुहोला।
सिंह – तपाईको आज
लक्ष्मी प्रसन्न हुने, महत्त्वपूर्ण कामको थालनी हुने, सामाजिक क्षेत्रमा सफलता
मिल्ने र नयाँ व्यक्तिसँग भेटघाट पनि हुने योग छ।
कन्या - कन्या राशीका तपाईको आज धार्मिक यात्राको, आतिथ्यपूर्ण सम्मान पाइने,
नयाँ कमको थालनी हुने र सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुने समय छ।
तुला - तपाइको आज धार्मिक
कार्य सफल रहला। नयाँ ज्ञान सिक्ने मौका मिल्ला। बौद्धिक काममा सफलता पाइएला।
प्रेम सम्बन्ध पनि कसिलो होला।
वृश्चिक – तपाईको आज राजनैतिक कार्यमा बाधा आउने, घाँटीमा समस्या आउने, तर सामाजिक र धार्मिक कार्यबाट सफलता मिल्ने समय छ।
धनु – तपाइको आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्ला। शुभ
कार्यमा सरिक भइएला। व्यवसायका लागि यात्राको सम्भावना रहेको छ।
मकर - मकर राशीका आज सामाजिक कार्यमा
रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने, आँटेको र ताकेको कार्य पुरा हुने,
बोलीको प्रभाव पनि बढ्ने योग छ।
कुम्भ - कुम्भ
राशीका तपाइको प्रेम र मित्रताको
बन्धन कसिने, काम देखाएर अरूको मन लोभ्याउन सकिने, नयाँ कार्यको योजना बन्ने र
शुभकार्यको चर्चा हुने योग छ।
मिन – तपाइले
आज खानपिनमा बढी सावधानी
अपनाउनु होला। आँटेको काममा ढिलासुस्ती हुने र अभिभावकको सुझावले उचाइमा पुर्याउन
सहयोग मिल्नेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता