Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज पुस १४ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | १४ पुस २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल पुस १४ गते, पुस कृष्ण तृतिया तिथी शनिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज दिनको उत्तरार्धमा धन खर्च होला। हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हुनेछ। मनमा दुबिधा उत्पन्न होला।

वृष  तपाइको आज कार्य सम्पादनमा सहजता हुनेछ। पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न होला। लगनशीलताले कामहरू अगाडि बढ्नसक्छन।

मिथुन - तपाईको आज आत्मिक सन्तुष्टि मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ होला। वैदेशिक कार्य अघि बढ्ने र धर्मकर्म तथा समाजसेवामा जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज व्यापार व्यवसायबाट लाभ नहुने सक्छ। पारिवारिक सद्भाव भने बढ्नेछ। नयाँ व्यक्ति सँग भेटघाट हुने समय रहेको छ। मिहिनेत गर्दा प्रगति होला।

सिंह तपाईको आज गरेको काममा ढिलासुस्ती होला। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ। मेहनतीहरूका लागि दिन फलदायी नै हुनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज शुभकार्यको चर्चा होला। परिवारजनको साथले नयाँ आशा दिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने र यात्रा लाभदायक र मनोरञ्जनपूर्ण हुने समय छ।

तुला - तपाइको आज आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला। रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। कला र गलाको प्रभाव बढ्ने र मनोरञ्जनमा सहभागि भइनेछ।

वृश्चिक  तपाईको आज नयाँ कार्य गर्ने योजना बन्न सक्छ। सानो प्रयत्नले ठूलो काम सम्पादन होला। श्रमको उचित मूल्याङ्कन हुने र विद्या, बुद्धिको विकास होला।

धनु  तपाइको आज बोलीको विपरीत अर्थ लाग्नसक्ने हुनाले संयम रहनु होला । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला।

मकर - मकर राशीका तपाइको आज वैदेशिक क्षेत्रको काम अघि बढेर जानेछ। अतिथिका रूपमा सम्मान पाइएला। आत्मिक सन्तुष्टि मिल्ने र श्रमको उचित मल्याङ्कन होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ अलङ्कारको प्राप्ति होला।

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन भने। मनमा हर्ष छाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

मिन – तपाइको आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्ने र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला। शुभकार्यको चर्चा हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप