शुभ बिहानी, आज २०८० साल साउन १४ गते, साउन शुक्ल द्वादशी तिथी आइतबार । न्युज
बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज रमणीय र
सुखद् यात्रा हुने, नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने, जोशजाँगर र हिम्मत
बढ्ने र दैनिक कार्यहरूमा प्रगति हुने योग छ।
वृष - तपाईको आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु जरुरी हुनेछ। बोलीको विपरीत अर्थ लाग्न
सक्ने र नियमित खर्चसमेत बढ्ने समय छ।
मिथुन - तपाईको आज मनमा हर्ष, उमङ्ग
र उत्साह छाउला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता पाइएला। लगानी
गर्ने समय रहेको छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज मित्रताको बन्धन
कसिनेछ। दाम्पत्य सुखमा रमाउने, रमणीय र टाढाको यात्रा फलदायी हुने र आकस्मिक धन
लाभ हुने समय छ।
सिंह – तपाईको आज
शुभ समाचार सुन्न पाइएला। मनोरञ्जनको क्षेत्रमा सहभागी हुनुहोला। पराक्रम बढ्नुका
साथै कार्यमा प्रगति पनि हुने होला।
कन्या - कन्या राशीका तपाईको आज शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला। झुटा आरोप
आइपर्दा समस्या आउनेछ, तर
आफन्तको सहयोग र धन हात पर्न पनि सक्छनेछ।
तुला - तपाइको आज आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहोला। स्वादिष्ट भोजन पाइएला। धर्म कर्म, परोपकार, समाजसेवा
जस्ता कार्यमा मन पनि जानेछ।
वृश्चिक – तपाईको आज अतिथिका रूपमा सम्मान पाइएला। धनार्जनका नयाँ
स्रोतहरू पत्ता लाग्लान। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्ने समय छ।
धनु – तपाइको आजको लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा होला।
वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक समय छ भने शुभकार्यको चर्चा पनि हुनेछ।
मकर - मकर राशीका तपाइको आज स्वास्थ्यमा
समस्या आउनसक्ने,
स्वास्थ्य प्रति सचेत रहनु पर्ने साँझमा शुभ र नयाँ समाचार पनि सुन्न पाइने तथा तीर्थाटनको
योग छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज लामो समयदेखि
रोकिएका अधुरा कार्यहरू पुरा होलान। पारिवारिक सहयोग मिल्ला। कुनै कुराले अनुहारमा
कान्ति पनि छाउन सक्छ।
मिन –
तपाइको आज परिवारजनको
साथले नयाँ आशा दिनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिएला। मित्रबाट विशेष सहयोग
पाइनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता