Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर ७ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | ७ मंसिर २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल मंसिर ७ गते, कार्तिक शुक्ल हरिबोधनी एकादशी तिथी बिहिबार । आज तुलसी बिवाह । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज साँझमा शुभ समाचार पाइएला, निर्णय कार्यान्वयन नहुन सक्छ। आत्मबलमा कमी आउने र मन भावुक र उत्ताउलो हुनेछ।

वृष – तपाइको आज रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउन सक्छ, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नका साथै मिष्ठान्न भोजनको अवसर पाइएला।

मिथुन - तपाईको आज जोशजाँगर र हिम्मत पनि बढेर जानेछ, प्रेम जीवन सुखद् रहला। एउटै कामबाट दोहोरो लाभ मिल्नुका साथै बन्धु बान्धवबाट सहयोग पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज दैनिक कार्य र पढाइमा प्रगति होला, कुनै समाचारले मनमा शान्ति छाउनुका साथै धर्मकर्ममा मन जानेछ। गरेका कामबाट राम्रै लाभ होला।

सिंह – तपाईको आज सरकारी निकायको भय रहनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। सौन्दर्यतामा धन खर्च होला।

कन्या - कन्या राशीका तपाईको आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ, परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ भने सामाजिक कार्यमा सफलता हात लाग्ला।

तुला - तपाइको आज शुभ कार्यको योजना बन्न सक्छ, विपरित वर्गबाट विशेष सहयोग पाइनुका साथै बिनाप्रतिस्पर्धा फाइदा हुने र जोशजाँगर तथा हिम्मत बढ्ने छ।

वृश्चिक – तपाईको आज साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ, जोशजाँगर र उमङ्ग बढ्नुका साथै रोकिएका कामहरू पुनः सुरु हुनेछन। कृषि कार्य अघि बढ्ला।

धनु – तपाइको आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ, आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहला।

मकर - मकर राशीका तपाइको आज प्रेममा मनमुटाव पनि आउन सक्नेछ, मन भावुक र उत्ताउलो हुनसक्छ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ने र अनावश्यक ठाउँमा धन खर्च हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च होला। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछन।

मिन – तपाइको आज नयाँ ज्ञान सिक्ने मौका मिल्ला, सजिलै अरूको मन जित्न सकिएला। आफन्तको प्रगतिमा मन रमाउने र नयाँ कार्य वा रोजगारको योजना बन्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप