Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ ३२ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | ३२ जेष्ठ २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल जेठ ३२  गते, असार कृष्ण द्वादशी तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज राज्यबाट मान सम्मान मिल्नेछ, विद्या र बुद्धिको विकास होला। दाम्पत्य जीवन सुखमय हुनुका साथै बोलीको प्रभावले अरुको मन जित्न सकिएला।

वृष - तपाईको आज निर्णायक क्षमतामा कमी आउन सक्छ। प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने देखीन्छ।

मिथुन - तपाईको आज दैनिक कार्यमा प्रगति होला। घरमा अतिथिको आगमन हुने र रोकिएको धन हात पर्ने तथा राजनैतिक कार्यमा पनि सफलता मिल्ने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज धर्म कर्ममा मन लाग्ने र  आँटेको र ताकेको कार्य पुरा होला, साथीभाइको भेटघाटले मन प्रफुल्ल रहन सक्छ। आकस्मिक धन लाभ समेत होला।

सिंह – तपाईको आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुने, सामाजिक क्षेत्रमा र न्यायिक कार्यमा सफलता मिल्ने, भूमि लाभ हुने समय छ।

कन्या - कन्या राशीका तपाइँको आज यात्रा गर्दा सचेत हुनुहोला। महत्त्वपूर्ण अवसर गुम्ने र झन्झटिलो काममा संलग्न हुनुपर्ने समय रहेको छ भने नजिकका व्यक्तिबाट धोका पाइन सक्ला।

तुला - आज तपाइले प्रतिष्ठित काम गरेर अवसर हात पार्ने, जोशजाँगर र उमंग बढ्ने, धर्मकर्म तथा समाज सेवामा मन लाग्ने, मनोबल उच्च पनि रहने समय छ।

वृश्चिक – तपाईको आज छोटो दुरीको लाभदायक यात्रा होला, शैक्षिक क्षेत्रमा सफलता मिल्ने तथा नजिकको व्यक्तिबाट सहयोग पाइने र शुभ समाचार सुन्न पाइने समय छ।

धनु – तपाइको आज मित्रबाट विशेष सहयोग मिल्न सक्छ। नसोचेको ठाउँबाट धनगम हुने र वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने तथा विशिष्ट व्यक्तिको सहयोग पाइने समय छ।

मकर - मकर राशीका आज स्वास्थ्यमा सजग रहनु नै उचित होला। शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्ने र दैनिक काममा अवरोधको सामना गर्नुपर्ने छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज भाग्यले विभिन्न अवसर जुराउला। श्रमको उचित मूल्याङ्कन होला। स्वास्थ्यमा सुधार आउने र शिक्षामा सफलता पनि पाईने योग छ।

मिन – तपाइको आज भाग्यले राम्रै साथ दिन सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। सफल रमाइलो यात्रा र धर्म, कर्ममा मन जाने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप