शुभ बिहानी, आज २०८० साल भदौ २८ गते, भदौ कृष्ण औंसी तिथी बिहिबार । आज कुशे औंसी , बुबाको मुख हेर्ने दिन । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज रोकिएका काम
पुनः सुरु हुने, जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुने र जटिल ठानिएको कामसमेत
सम्पादन हुने समय छ।
वृष – तपाइको आज आफूलाई कमजोर भएको अनुभूति होला। रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो
प्रतिफल पाइने समय रहेको छ।
मिथुन – तपाईको आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय बनेर देखा
पर्ने छ। पारिवारिक साथ,
सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाइएला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज धार्मिक र
सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना रहेको छ। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ला।
सिंह – तपाईको आज
लाभदायक यात्राको सम्भावनालाई नकार्न नसकिएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न
होला। मानसम्मान पनि पाइएला।
कन्या - कन्या राशीका तपाईको आज विचार पुर्याएर निर्णय लिनु आवश्यक हुनेछ। मनमा
दोधारको अवस्था सिर्जना होला। दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्ला।
तुला - तपाइको आज बन्दव्यापार
र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने र कुनै न कुनै कुराले
मनमा शान्ति र प्रसन्नता छाउला।
वृश्चिक – तपाईको आज दाम, इनाम
र प्रतिष्ठा कमाउने, स्वादिष्ट भोजन पाइने र शुभकार्यको चर्चा चल्ने तथा परिवारमा
सुख सन्तोष पनि छाउने समय छ।
धनु – तपाइको आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान।
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा हुनेछ।
मकर - मकर राशीका तपाइको आज जे
काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुपर्नेछ। अनावश्यक काममा धन लगानी होला, सकेसम्म जोगिनु नै उचित होला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज बुद्धिको उपयोग
गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। अधिकार प्राप्तिका लागि गरिएको
प्रतिस्पर्धामा विजयी भइएला।
मिन –
तपाइको आज सुन्दर
पहिरनले व्यक्तित्वमा निखारता ल्याउला। परिवारजनको साथले नयाँ आशा पलाउने र नयाँ
कार्यको योजना बन्नला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता