Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख २४ गते आइतबारको राशीफल।

  •   ४ वर्ष अघि | २४ बैशाख २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल बैशाख २४ गते, जेठ कृष्ण द्वितिया तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज नयाँ र शुभ कार्यको चर्चा हुनेछ। स्वादिष्ट खानेकुराको परिकार खान पाइएला। प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुने योग छ।

वृष - तपाईको आज पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक फाइदा हुने देखिन्छ। लामो समयदेखि रोकिएका अधुरा कामहरू सफल हुनेछ।

मिथुन - तपाईको आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय रहेको छ। जटिल ठानिएको कामसमेत सम्पादन भई चिताएको कामले तीव्र गति लिनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज स्वास्थ्यप्रति सजग रहनु बन्नु पर्ने छ, दबाब र तनाव बढेको महसुस होला। महत्त्वपूर्ण अवसर गुम्ने यात्रामा सावधानी अपनाउनु पर्ने समय छ।

सिंह – तपाईको आज शुभकार्यको चर्चा हुने र कुनै कुराले मनमा शान्ति छाउने योग छ, पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण रहेको छ।

कन्या - कन्या राशीका तपाइँ अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला, बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुनेछ।

तुला - आज तपाइको रोकिएका काम पुनः सुरु हुने र धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला। कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि रहेको छ।

वृश्चिक – तपाईको आज परिवारजनको साथले नयाँ आशा आउला। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने र आज यात्रा नगरेकै राम्रो होला।

धनु - तपाइको आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। सामाजिक र धर्मकर्मको क्षेत्रमा मन जानेछ भने सम्पत्ति लाभ गर्न अनुकूल प्रयास होला।

मकर - मकर राशीका तपाईको आज ज्ञान र अध्यात्मको भावना जाग्ने छ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत होला। साझेदारीको काममा सहयोग हुनसक्छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज लाभदायक यात्राको सम्भावनालाई होला। एकपछि अर्को अवसर आउने र मन प्रसन्न रहला। नोकरी गर्नेले मानसम्मान पाउने समय छ।

मिन - तपाईलाई आज दबाब र तनाव बढेको महसुस होला। कार्य सम्पादनमा समस्या आउनसक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ भने नोक्सानी बेहोर्नु देखिन्छ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप