शुभ बिहानी, आज २०८० साल असोज ६ गते, भदौ शुक्ल अष्टमी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज बुद्धिको
उपयोग गरी काम गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्ला, अधिकार प्राप्त
गर्न गरिएको प्रतिस्पर्धामा विजयी भइएला।
वृष – तपाइको आज साँझमा शुभ समाचार पाउनुहुनेछ भने शेयर बजारले
साथ देला तर दबाब र तनाव बढेको महसुस हुनसक्छ।
जिद्दीपनाले गर्दा काम बिग्रने डर पनि छ।
मिथुन - तपाई आज सहयोगीको सङ्गतले फाइदा हुने काम गरिएला। हर्ष र
प्रसन्नताका बीचमा समय व्यतीत हुनसक्छ। सम्पत्ति लाभ गर्न अनुकूल प्रयास होलान।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज सामाजिक र
धर्मकर्मको क्षेत्रमा मन जानेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। चिताएको
कामले तीव्रता हासिल गर्नेछ।
सिंह – तपाईको आज
नोकरी गर्नेले मानसम्मान पाउनु होला। लाभदायक यात्राको सम्भावना पनि छ। एकपछि
अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ।
कन्या - कन्या राशीका तपाईको आज आफन्तसँग मनमुटाव बढ्नसक्छ, आफूलाई कमजोर भएको
अनुभूति होला। सामान हराउन पनि सक्ने भय रहेकोले सचेत हुनुहोला।
तुला - तपाइको आज कसैकसैका
लागि सन्तान सुखको, रोकिएका काम पुनः सुरु हुने र ठेक्कापट्टा तथा घर जग्गाको
कारोबारमा सफल भइने योग रहेको छ।
वृश्चिक – तपाईको आज शेयर बजारको लगानी लाभदायक नहुन सक्ने, धार्मिक र
सांस्कृतिक सभासमारोहमा सरिक हुने र ज्ञान, अध्यात्मको भावना बढ्ने समय छ ।
धनु – तपाइको आज कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त
नबुझ्न सक्ने हुनाले समय मध्यम खालको रहला। तपाइको लागि संयमता अपनाउनु नै बुद्धिमानी होला ।
मकर - मकर राशीका तपाइको आज महत्त्वपूर्ण
अवसर गुम्न सक्ला। स्वास्थ्यप्रति सजग रहनु आवश्यक हुनेछ। दबाब र तनाव बढेको महसुस
गर्नुहोला। यात्रामा सावधानी अपनाउनु जरुरी रहनेछ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज कुनै कुराले मनमा
शान्ति छाउने र शुभकार्यको चर्चा पनि चल्नेछ। रमाइलो यात्राको सम्भावना रहेकोले स्वास्थ्य
सबलनै रहला।
मिन –
तपाइको आज लामो
समयदेखि रोकिरहेका अधुरा कामहरू पुरा पनि हुने र रमाइलो यात्राको सम्भावना पनि रहेको
छ त्यसबाट दीर्घकालिक फाइदा अवश्य हुनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता