Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज २७ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | २७ असोज २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल असोज २७ गते, असोज कृष्ण औँशी तिथी शनिबार । स्रोह श्राद्ध समापन, पितृ बिसर्जन। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज स्वास्थ्य समस्याले सामान्य सताउन सक्नेछ, सुखद् यात्रा हुने, नयाँ ज्ञान सिक्ने मौका मिल्ने र रोकिएका काम पुनः सुरु हुन सक्ने योग रहेको छ ।

वृष – तपाइको आज मित्र जनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन होला, राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय रहेको छ।

मिथुन - तपाईको आज केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त होला, प्रेममा बाधाका साथै मन कमजोर हुनेछ। यात्रामा मालसामान हराउन सक्नेछ विचार गर्नु होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आक वैदेशिक कार्य पनि अघि बढ्ने र काम गर्ने जोशजाँगर र उमङ्ग बढेर जानेछ। चिताएको कामले तीव्रता लिने तथा नयाँ कामको थालनी पनि हुनेछ।

सिंह – तपाईको आज मनमा उत्साहका साथै बोली बिक्ने, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने, नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा हुने समय छ।

कन्या - कन्या राशीका तपाईको आज दैनिक कार्यमा प्रगति पनि हुनाले, नयाँ कार्यको योजना बन्ला। धार्मिक यात्रा तथा नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने योग छ।

तुला - तपाइलाई आज महत्त्वपूर्ण अवसर गुम्नाले आफन्तसँग मनमुटाव बढेर जानेछ। अनावश्यक ठाउँमा धन खर्च हुनसकक्छ। वैदेशिक क्षेत्र कमजोर रहला।

वृश्चिक – तपाईको आज दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुने छ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान।

धनु – तपाइको आज स्वादिष्ट भोजन पाइन सक्छ, विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउन सकिएला। साथीबाट सहयोग मिल्न सक्छ।

मकर - मकर राशीका तपाइको आज स्वादिष्ट भोजन पाइएला, टाढाका नातागोता वा परिवारजनसँग भेटघाट होला। शुभकार्यको चर्चा चल्ने र आँटेको र ताकेको कार्य पुरा हुने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वास्थ्य प्रति सचेत रहनु पर्नेछ, अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

मिन – तपाइको आज सन्तान सुख मिल्नसक्नेछ, शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्लान। घरमा अतिथिको आगमन होला भने पुरानो समस्या सुल्झाउन सकिएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप