Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असोज १३ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | १३ असोज २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल असोज १३ गते, असोज कृष्ण प्रतिपदा तिथी शनिबार । सोह्र श्राद्ध प्रासम्भ । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज साँझमा यात्राको योजना बन्नेछ, यात्रामा मालसामान हराउने र मन निराशा हुनसक्छ। प्रेममा मनमुटाव पनि आउला।

वृष  तपाइको आज वित्तिय संस्थाबाट सहयोग मिल्नेछ, आयनार्जनका स्रोतहरू पत्ता लाग्लान सक्छन, आत्मबल बढाएर काम गरेमा सफल भइएला भइँदैन।

मिथुन - तपाई आज व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। गरेको कार्यमा सफलता होला, शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज नयाँ कामको थालनी हुनाले मनमा शान्ति छाउनेछ। अरुलाई प्रभावित पारेर काम बन्ने र नसोचेको ठाउँबाट धनागम हुने समय छ।

सिंह तपाईको आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नाले साना तिना समस्यामा अल्झनुपर्ला, स्वास्थ्यमा समस्या आउने र अनावश्यक धन खर्च होला।

कन्या - कन्या राशीका तपाईको आज व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला, विद्या र बुद्धिको विकास हुनाले सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला।

तुला - तपाइलाई आज सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्ला, विशिष्ट व्यक्तिको साथ पाइनुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ।

वृश्चिक  तपाईको आज नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नाले, आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। परिवारमा सुख सन्तोष छाउनेछ।

धनु  तपाइको आज आफन्तबाट सहयोग मिल्न सक्छ तर मनमा दुबिधा उत्पन्न होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र आर्थिक कारोबारमा मन्दी आउने समय छ।

मकर - मकर राशीका तपाइको आज रमणीय र सुखद् यात्रा हुने, सामाजिक क्षेत्रमा सफलता मिल्ने, मनमा सहयोग भाव आउने र प्रेम सम्बन्ध कसिलो हुने योग छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज आत्मबल बढाएर काम गरेमा सफल भइनेछ भने सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। ठुलो कारोबारमा लगानी नगर्नु राम्रो होला।

मिन – तपाइको आज कुनै कुराले मनमा शान्ति छाउला, लाभदायक यात्रा हुनेछ। महिला वर्गबाट विशेष सहयोग पाइएला। परिश्रम गर्दा धनार्जन पनि राम्रै होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप