Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज कार्तिक ११ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | ११ कार्तिक २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल कार्तिक ११ गते, असोज शुक्ल पुर्णिमा तिथी शनिबार । आज कोजाग्रत पुर्णिमा । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज साँझमा धन लाभ हुनेछ, प्रेममा बाधाका साथै मन कमजोर रहला। आर्थिक सङ्कट आउने तथा मनमा छटपटी व्याप्त हुनेछ।

वृष  तपाइको आज विपरीत वर्ग प्रति आकर्षण पनि बढेर जाला, रमणीय र सुखद् यात्राको योग रहेको छ। नयाँ ज्ञान सिक्ने मौका पाइएला। मनोरञ्जनमा सहभागी भइनेछ।

मिथुन - तपाईको आज दिनको उत्तरार्धमा अधिक धन खर्च होला, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मनमा उत्साहका साथै बोली बिक्ने समय रहेको छ, साझेदारी र सट्टापट्टामा विशेष लाभ हुनेछ। नयाँ जिम्मेवारी पाइनेछ भने शुभकार्यको चर्चा हुनेछ।

सिंह तपाईको आज आत्मबल बढाएर काम गरेमा सफल भइएला, सामान हराउने वा चोरी हुने सम्भावना रहेको र शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने देखिन्छ।

कन्या - कन्या राशीका तपाईको आज कृषि बजारले साथ दिने, बोलीको चातुर्यले काम बन्ने र राजनैतिक कार्यमा सफलता मिल्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्ने योग छ।

तुला - तपाइले आज वैदेशिक कार्य  र काम गर्ने जोशजाँगर र उमङ्ग अघि बढ्नेछ। चिताएको कामले तीव्रता लिने तथा नयाँ कामको थालनी होला।

वृश्चिक  तपाईको आज सन्तान सुख मिल्न सक्छ, शुभ चिन्तकहरूले पूर्ण समर्थन दिनेछन, घरमा अतिथिको आगमन होला। पुरानो समस्या सुल्झाउन सकिएला।

धनु  तपाइको आज महत्त्वपूर्ण अवसर गुम्नाले अनावश्यक ठाउँमा धन खर्च हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। वैदेशिक क्षेत्र कमजोर रहला।

मकर - मकर राशीका तपाइको आज धार्मिक यात्राको योग रहेको छ, दैनिक कार्यमा प्रगति होला। नयाँ कार्यको योजना बन्ने तथा नजिकको व्यक्तिबाट आँटेको काम सफल होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्रेममा मधुरता छाउला, टाढाका नातागोता वा परिवारजनसँग भेटघाट होला। शुभकार्यको चर्चा चल्नुका साथै आँटेको र ताकेको कार्य पुरा होला।

मिन – तपाइको आज स्वादिष्ट भोजन पाइने र बुद्धि, विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय रहेको छ। वित्तिय संस्थाबाट सहयोग पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन


  • न्युज बहार संवाददाता

थप