Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ २ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | २ भदौ २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल भदौ २ गते, साउन शुक्ल तृतिया तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा राम्रो होला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता पाइएला।

वृष – तपाइको आज एउटै कामबाट दोहोरो लाभ हुनेछ, बन्धुबान्धवबाट सहयोग पाइएला। मनमा हर्ष, उमङ्ग र उत्साह छउनेछ। रमाइलो यात्राको योग छ।

मिथुन - तपाई आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन होला। घर परिवारका सदस्यहरूबाट सहयोग पाइएला। रमणीय र सुखद यात्राको योग पनि रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज यात्रामा मालसामान हराउने छ। कार्य सम्पादनमा समस्या आउने र साँझमा पैसा खर्च हुने देखिन्छ। चोटपटकको भय रहेकाले सचेत रहनुहोला।

सिंह – तपाईको आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित हुनुका साथै पेसा र व्यवसायबाट लाभ होला। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता पनि छाउला।

कन्या - कन्या राशीका तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। रमणीय, सुखद् र धार्मिक यात्राको पनि योग रहेको छ।

तुला - तपाइको आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा दिनेछ। कार्य सम्पादनमा सहजता आउला। व्यापार व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ।

वृश्चिक – तपाईको आज महत्त्वपूर्ण कार्यमा व्यवधान आउला। माया प्रेममा धोका हुन सक्नेछ भने एकोहोरो माया प्रेमले सताउला। आर्थिक कारोबारमा विवाद पनि आउन सक्छ।

धनु – तपाइको आज विद्या र बुद्धिको विकास होला। पारिवारिक भेटघाटमा रमाउन पाइएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा माया प्रेममा आत्मियताको बढोत्तरी होला।

मकर - मकर राशीका तपाइको आज अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला। परिवारका सदस्यहरूसँग भेटघाट होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज सन्तान तथा परिवारमा मेलमिलाप होला। जोशजाँगर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ। आर्थिक लाभ हासिल हुनेछ।

मिन – तपाइको आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न होला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला आवश्यक हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप