Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन २० गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | २० साउन २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल साउन २० गते, साउन कृष्ण  चतुर्थी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न होला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नु जरुरी हुनेछ।

वृष - तपाईआज पारिवारिक भेटघाटमा रमाइने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुने समय छ।

मिथुन - तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। रमणीय, सुखद् र धार्मिक यात्राको योग पनि रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता पाइनेछ। नयाँ ज्ञान सिक्ने मौका पाइएला।

सिंह – तपाईको आज कार्य सम्पादनमा समस्या आउन सक्छ। चोटपटकको भय रहेकाले सचेत रहनुपर्नेछ। साँझमा पैसा खर्च हुने तथा शेयर बजरमा नोक्सानी हुन सक्ने समय छ।

कन्या - कन्या राशीका तपाईको आज बजार घुम्ने अवसर पाइएला। केही नयाँ कुरा खरीद गर्न सकिएला। धर्मकर्ममा मन लाग्ने र रमाइलो यात्रा गर्ने अवसर पाइएला।

तुला - तपाइको आज एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। बन्धुबान्धवबाट सहयोग पाइनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। रमाइलो यात्राको योग छ।

वृश्चिक – तपाईको आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित हुनेछ। पेसा र व्यवसायबाट लाभ र धन लाभ हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको समय छ।

धनु – तपाइको आजको दिन गरेको काम बिग्रने, जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना त्यसैले सचेत रहनु होला सामाजिक काम गर्ने समय छ।

मकर - मकर राशीका तपाइको आज अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला। मित्रबाट विशेष सहयोग मिल्न सक्छ। परिवारका सदस्यहरूसित भेटघाट होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज रमणीय र सुखद् यात्राको योग रहेको छ। मनमा सहयोग भाव आउनसक्छ। सन्तान तथा परिवारमा मेलमिलाप होला। कुनै कुराले मनमा प्रसन्नता छाउने छ।

मिन – तपाइको आज दैनिक कार्यमा प्रगति होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइएला। परिवारका सदस्यहरूबाट सहयोग मिल्ने र वैदेशिक कार्य अघि बढ्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप