Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ १६ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | १६ भदौ २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल भदौ १६ गते, भदौ कृष्ण तृतिया तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। आर्थिक कारोबारमा मन्दी आउला। घर व्यवहारमा झमेला रहे पनि साँझमा मन प्रसन्न होला।

वृष – तपाइको आज शुभकार्यको चर्चा हुनेछ। कुनै कुराले मनमा शान्ति छउला। वशिष्ठ व्यक्तिको साथ पाइएला। छोटो दुरीको लाभदायक यात्रा हुनेछ।

मिथुन - तपाई आज दाम, इनाम र प्रतिष्ठा कमाउने, स्वादिष्ट भोजन पाइने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र सफल यात्राको योग पनि रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज दैनिक कार्यमा सफलता पाइएला। राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नुका साथै प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय छ।

सिंह – तपाईको आज आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जन सक्छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। मनमा निराशा र शरीरमा आलस्य आउन सक्छ।

कन्या - कन्या राशीका तपाईको आज शुभ कार्यमा सरिक भइएला। नयाँ बिजनेश प्लान बन्ला। आफन्तसँग भेटघाट पनि होला, तर यातायात वा वाहनमा खर्च भने बढ्न सक्छ।

तुला - तपाइको आज वैदेशिक क्षेत्रबाट सफलता पाइएला। सामाजिक कार्यमा मन जाने र कूटनीतिक नियोगको सहयोग मिल्ने तथा दैनिक कार्यमा प्रगति हुनेछ।

वृश्चिक – तपाईको आज महिलाहरूबाट विशेष सहयोग पइएला। परिश्रम गर्दा धनार्जन होला। मङ्गल र शुभ कार्यमा सरिक भइनेछ। बजारको यात्रा पनि होला।

धनु – तपाइको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। आत्मबल बढाएर काम गरेमा सफल भइएला। विपरीत वर्ग प्रति आकर्षण बढेर जाला।

मकर - मकर राशीका तपाइको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलन। आफन्तको प्रगतिमा मन रमाउला। दिनको उत्तरार्ध अधिक सुखद् रहला।

कुम्भ - कुम्भ राशीका तपाइको आज लगनशीलताले कामहरू अगाडि बढ्लान। कुनै कुराले मनमा शान्ति छाउन सक्छ। अचल सम्पत्तिको कारोबार होला। दाम्पत्य जीवन सुखमय रहला।

मिन – तपाइको आज दाम, इनाम र प्रतिष्ठा कमाउने, घरमा अतिथिको आगमन हुने, राजनैतिक कार्यमा सफलता मिल्ने र यात्राको क्रममा सचेत रहनु पर्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप