Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन १३ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | १३ साउन २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल साउन १३ गते, साउन शुक्ल  एकादशी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज मनमा दुबिधा उत्पन्न होला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ। स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी रहेको छ।

वृष - तपाईलाई आज कर्कट कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने, मनमा उत्साहका साथै बोली बिक्ने र व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने समय छ।

मिथुन - तपाईको आज सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको, साथी भाइको भेटघाटले मन प्रफुल्ल हुने  र अधुरो काम पूरा हुने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज चिताएको कामले तीव्रता लिन सक्छ। वित्तिय संस्थाबाट सहयोग पाइएला। बोलीको भरमा सङ्कल्प सिद्ध होला। शुभ समाचार सुन्न पाइने छ।

सिंह – तपाईको आज कार्यमा अवरोध आउनसक्ने, यात्रामा मालसामान हराउन सक्ने, घरायसी झमेलामा पर्ने र दिनको उत्तरार्धमा बढी धन खर्च हुने सम्भावना छ।

कन्या - कन्या राशीका तपाईको आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनेछ साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने तथा नयाँ र शुभ समाचार पनि सुन्न पाइन सक्छ।

तुला - तपाइको आज पुनर्मिलनको, बन्धुबान्धवबाट सहयोग मिल्ने, धार्मिक यात्राको, दिनको उत्तरार्धमा धन खर्च हुने योग रहेको छ।  

वृश्चिक – तपाईको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नसक्छन। आफन्तको सहयोग प्राप्त होला। व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नसक्छ।

धनु – तपाइको आजको दिन माध्यम खालको रहेको छ। स्थान परिवर्तनको, वैदेशिक कार्यमा सफलता पाइने,  साँझमा पैसा खर्च पनि हुने विशेष योग छ।

मकर - मकर राशीका तपाइको आज धैर्य एवं लगनशीलताले अवसर दिनेछ। पराक्रम बढ्नुका साथै पारिवारिक सुख पनि मिल्नेछ, तर पुँजी बजारमा लगानी नगर्दानै बेस होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज धर्मकर्म तथा समाज सेवामा मन जानेछ। लगनशीलताले कामहरू अगाडि बढ्ने र चिताएको कामले तीव्रता लिने समय छ ।

मिन – तपाइको आज स्वादिष्ट भोजनको, आत्मबल बढाएर काम गरेमा सफल भइने, प्रेममा मधुरता छाउने र वैदेशिक क्षेत्रको काम अघि बढ्ने विशेष योग रहेको छ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप