Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज ८ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | ८ असोज २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल असोज ८ गते, भदौ शुक्ल दशमी तथा हरिपरिवर्तनी एकादशी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज यात्रा गर्ने अवसर प्राप्त होला। विद्या र बुद्धिको विकास हुनुका साथै सानो प्रयत्नले ठूलो काम सम्पादन हुने र श्रमको उचित मूल्याङ्कन पनि हुने देखिन्छ।

वृष – तपाइलाई आज नयाँ सफलता मिल्नसक्छ इच्छा र आकाङ्क्षा पूर्ण होलान। मनमा हर्ष छाउनुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

मिथुन - तपाई आज बढी मेहनत गर्नेहरुका लागि दिन फलदायी नै रहला। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्ने र गरेको काममा ढिलासुस्ती आउनसक्छ।

कर्कट – कर्कटका तपाइको आज शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्ला, साथीभाइबाट सहयोग पाइएला। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्ला।

सिंह – तपाईलाई आज आत्मिक सन्तुष्टि मिल्नेछ, अतिथिका रूपमा सम्मान पइने र श्रमको उचित मूल्याङ्कन हुनुका साथै वैदेशिक क्षेत्रको काम अघि बढेर जानेछ।

कन्या - कन्या राशीका तपाईको आज लाभदायक यात्रा होला, तर स्वास्थ्य मापदण्ड भने अपनाउनु पर्नेछ, शुभकार्यको चर्चा होला, परिवारजनको साथले नयाँ आशा दिनेछ।

तुला - तपाइको आज लगानी गर्नु पनि उपयुक्त नहुने र बोलीको विपरीत अर्थ लाग्न सक्ने तथा मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिने समय छ।

वृश्चिक – तपाईको आज कार्य सम्पादनमा सहजता हुँदा परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न होला, दैनिक कामहरू पनि अघि बढ्लान।

धनु – तपाइको आज एउटै कामबाट दोहोरो लाभ पाइने तर मनमा चिन्ताले सताउने  देखिन्छ, वैदेशिक कार्य अघि बढ्ने र धर्मकर्म तथा समाजसेवामा मन जाने समय छ।

मकर - मकर राशीका तपाइको आज व्यापार व्यवसायबाट लाभ पाइने  तर स्वास्थ्य प्रति सजग रहनु पर्ने र पारिवारिक सद्भाव भने बढ्ने तथा नयाँ व्यक्ति सँग भेटघाट हुने समय रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्राविधिक क्षेत्रमा रुचि बढ्ने र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ। शुभकार्यको चर्चा होला। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ।

मिन – तपाइको आज आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नाले रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला, कला र गलाको प्रभाव बढ्ने र मनोरञ्जनमा सहभागिता भइने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप