शुभ बिहानी, आज २०८० साल भदौ १८ गते, भदौ कृष्ण पञ्चमी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज नयाँ उद्योग
वा रचनात्मक काममा जुट्ने, परिश्रमअनुसार
उपलब्धि पनि राम्रै पाइने, रोकिएका काम पुनः सुरु हुने समय छ।
वृष – तपाइको आज सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू
सक्रिय होलान। समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनसक्छन।
मिथुन - तपाई आज तर्क, विवाद
र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नसक्छ। न्यायिक कार्यमा सफलता पाइएला। जटिल
ठानिएको कामसमेत सम्पादन हुनेछन।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज चिताएको
कामले तीव्रता लिनसक्छन। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। परिश्रम
अनुसार उपलब्धि पनि राम्रै पाइएला।
सिंह – तपाईको आज
तर्क, विवाद र प्रतिस्पर्धामा तथा न्यायिक कार्यमा राम्रो
सफलता मिल्ला। जटिल ठानिएको कामसमेत सम्पादन हुनेछन ।
कन्या - कन्या राशीका तपाईको आज समय व्यवस्थापन गर्न गारो हुनसक्छ र कार्य
सम्पादनमा समस्या आउनसक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने र शुभकार्यको चर्चा हुनेछ
।
तुला - तपाइको आज एकपछि अर्को
अवसर आउनाले मन प्रसन्न होला। रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। आफ्नो हातबाट
शुभ कार्य गर्न पनि पाइएला।
वृश्चिक – तपाईको आज रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट
दीर्घकालिक फाइदा होला। आर्थिक र व्यवसायिक समस्या समाधान होला। शत्रु पनि क्षय हुनसक्छन।
धनु – तपाइको आज रमणीय र सुखद् यात्राको योग रहेको छ। धर्म र
आस्था बढ्ला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता पाइएला।
मकर - मकर राशीका तपाइको आज मनमा
दोधारको अवस्था सिर्जना होला। विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ, तर मेहनेत अनुसार आर्थिक लाभ भने पाइएला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज लामो समयदेखि
रोकिएका अधुरा कामहरू पुरा होलान। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत होला।
स्वास्थ्य पनि सबल नै रहला।
मिन –
तपाइको आज धार्मिक
र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना रहेको छ। भाग्यले विभिन्न अवसर दिनेछन।
जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता