शुभ बिहानी, आज २०८० साल पुस २ गते, मंसिर शुक्ल षष्ठी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको आज शुभकार्यको चर्चा हुनेछ। मनमा शान्तिको अनुभूति होला। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनसक्छ।
वृष – तपाइको आज प्रेमीको सहयोग
प्राप्त होला। आफन्तहरूको सहयोगले
कामहरू अगाडि बढ्ने र प्राविधिक कार्यमा सफलता पाइनेछ।
मिथुन - तपाईको आजको दिन भाग्यशाली हुनेछ।
सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिन सक्छन। विपरीत वर्ग प्रति आकर्षण बढेर
जानेछ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज साँझमा नयाँ र शुभ समाचार सुन्न पाइएला। खानेकुरा प्रति सजग रहनु होला। खर्च बढ्ने र
आफूलाई कमजोर भएको महसूस हुनसक्छ।
सिंह – तपाईको आज प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ, महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नेछ।
उपहार पाइने सम्भावना पनि रहेको छ।
कन्या – कन्या राशी
हुनेहरुको लागी आज आफन्तको सल्लाह, सहयोग र हौसला पाइएला। शुभकार्यको चर्चा होला। धार्मिक तथा समाज सेवामा मन जानेछ।
तुला - तपाइको आज दाम्पत्य जीवन सुखमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। कृषि क्षेत्रबाट
सफलता मिल्नसक्छ। सुखद् मिलनको योग रहेको छ।
वृश्चिक – तपाईको आज मालसामान हराउन सक्ने
हुनाले
होसियार रहनु होला। मन खिन्न हुने स्थिति आउला। बेसुरमा वचन दिने
बानीले अप्ठ्यारो पार्नेछ।
धनु – तपाइको आज समाजमा प्रभाव पार्न
सक्नुहोला। पारिवारिक जीवन
सन्तोषप्रद रहने र आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।
मकर - मकर राशीका तपाइको आजको दिन सकारात्मकता नै हुनेछ, धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइने र
पारिवारिक जीवन प्रणय सम्बन्ध राम्रो होला।
कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ ज्ञान सिक्ने मौका पाइएला। घरपरिवारसँग समय व्यतीत हुने भने लगनशीलताले कामहरू अगाडि बढ्ने देखिन्छ।
मिन – तपाइको आज नयाँ र शुभ कार्यको योजना बन्नेछ। दैनिक व्यवहारमा खर्च बढ्ने र आफूलाई कमजोर भएको अनुभूति होला। राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता