Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज पुस १६ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल पुस १६ गते, पुस कृष्ण पञ्चमी तिथी सोमबार । सन २०२४ जनवारी १ तारिक । आज राष्ट्रिय टोपी तथा राष्ट्रिय पोसाक दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज साथीभाइसँग समय बित्ने स्वादिष्ट भोजन पनि मिल्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भइनेछ भने प्रयत्न गरे फाइदा लिन सकिएला।

वृष  तपाइको आज मनमा दुबिधा पनि उत्पन्न होला। स्वास्थ्यप्रति सजग रहन आवश्यक रहेको छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

मिथुन - तपाईको आज कृषि कारोबारमा सफलता मिल्न सक्छ ठिक समयमा सही निर्णय लिन सकिएला। भ्रमणमा रुचि बढ्ने तथा सामाजिक कार्य अघि बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफन्तसँग भेटघाट होला। महिला वर्गबाट विशेष सहयोग पाइएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन।

सिंह तपाईको आज नयाँ व्यक्तिसँग भेटघाटको अवसर पाइएला। स्वादिष्ट खानपिन खान पाइनेछ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज चोटपटकको भय रहला, मालसामान हराउन सक्ने र सहकर्मीबाट विरोध आउनाले गलत निर्णय लिन पुगिएला।

तुला - तपाइको आज शिक्षामा सामान्य सफलता पाइनेछ। महत्त्वपूर्ण कामको थालनी होला। कुनै कुराले मनमा शान्ति छाउनसक्छ। समाजसेवामा मन जानेछ।

वृश्चिक  तपाईको आज वैदेशिक क्षेत्रको काम अधुरै रहनेछ। राजनैतिक कार्यमा सफलता पाइएला। सांगीतिक क्षेत्रमा रुचि र विपरीत वर्ग प्रति आकर्षण बढ्न सक्छ।

धनु  तपाइको आज शुभकार्यको चर्चा हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिने र नयाँ योजना बन्न सक्छ।

मकर - मकर राशीका तपाइको आज साझेदारीको काममा उल्झन आउनाले प्रेममा मनमुटाव आउन सक्छ। आफ्नो विचार विपरित निर्णय होला। गरेका काममा ढिलासुस्ती पनि हुनसक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ। नसोचेको ठाउँबाट धनागम होला। घर परिवार सँग समय व्यतीत होला। मनोरञ्जनमा पूर्वक दिन बित्नेछ।

मिन – तपाइको आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्न सक्छ। आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिएला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन


  • न्युज बहार संवाददाता

थप