Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज साउन १५ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | १५ साउन २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल साउन १५ गते, साउन शुक्ल  त्रयोदशी तिथी सोमाबार । आज साउन १५, खिर खाने दिन न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा र व्यापार व्यवसायमा सफलता पाइनेछ। लाभदायक यात्रा पनि होला।

वृष - तपाईलाई आज सहकर्मीबाट विरोध आउनसक्छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्ने छैन। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत रहेको छ।

मिथुन - तपाईको आज भाग्यले विभिन्न अवसर दिनेछ। मनमा शान्ति छाउला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ला। घरमा अतिथिको आगमन होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभारम्भको चर्चा हुने, नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने, धार्मिक क्षेत्रमा रुचि बढ्ने, आँटेको काम पुरा हुन सक्ने समय छ।

सिंह तपाईको आज समाजसेवामा मन जाने, नयाँ काम सुरु गर्ने, चलाखीपूर्ण बोलीले काम बन्न सक्ने, भाग्यले विभिन्न अवसर जुराउने समय छ।

कन्या - कन्या राशीका तपाईको आज सानातिना समस्यामा अल्झनुपर्ला। धैर्य एवं लगनशीलताले अवसर दिनेछ। पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै रहनेछ।

तुला - तपाइको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। साथीभाइले पनि राम्रै सहयोग दिनेछन। वाहन र भूमिबाट लाभ पनि हुनेछ।

वृश्चिक  तपाईको आज महत्त्वपूर्ण कामको थालनी होला। सामाजिक क्षेत्रमा सफलता पाइएला। परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला र यात्रा पनि हुने सम्भावना छ।

धनु  तपाइको आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ । घरमा अतिथिको आगमन होला। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहला।

मकर - मकर राशीका तपाइको आज शरीरमा स्फूर्ति र उमङ्गको कमी होला। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्न सक्छ। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज रोकिएका काम पुनः सुरु हुनेछन। आर्थिक कारोबारमा सफलता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला र यात्रा पनि हुनसक्छ।

मिन – तपाइको आज शुभारम्भको चर्चा हुने, नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने, सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने, धार्मिक कार्यमा सहभागी भइने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

 

  • न्युज बहार संवाददाता

थप