शुभ बिहानी, आज २०८० साल भदौ ११ गते, साउन शुक्ल द्वादशी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज मनमा निराशा
र शरीरमा आलस्य छाउनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र विवाद
पनि बढ्ने देखिन्छ,
तर साँझमा राम्रो खबर सुन्न पाइएला।
वृष – तपाइको आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।
दैनिक कार्यमा सफलता पाइएला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।
मिथुन - तपाई आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा होला।
दाम, इनाम र प्रतिष्ठा कमाउने र वित्तिय संस्थाबाट सहयोग
पाइने समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज दैनिक
कार्यमा प्रगति होला। समाजिक कार्यमा मन जाने र कूटनीतिक नियोगको सहयोग पाइने तथा वैदेशिक
क्षेत्रबाट सफलता मिल्ने योग छ।
सिंह – तपाईको आज
आयव्यय, लाभहानी,
सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ।
विपरीत वर्ग प्रति आकर्षण बढ्ने र आत्मबल बढाएर काम गरेमा सपल भइने समय छ।
कन्या - कन्या राशीका तपाईको आज दाम, इनाम
र प्रतिष्ठा कमाउने, कुटुम्बको सहयोग मिल्ने, घरमा अतिथिको आगमन हुने र राजनैतिक
कार्यमा सफलता मिल्ने समय छ।
तुला - तपाइको आज आफ्नै दक्षतामा
विभिन्न कार्यहरू सम्पन्न होला। इच्छा र आकाङ्क्षा पूर्ण होलान। आफन्तको प्रगतिमा
मन रमाउनेछ। शुभारम्भको चर्चा हुनेछ।
वृश्चिक – तपाईको आजको दिन भाग्यशाली भएर देखा पर्ला, महिला वर्गबाट
विशेष सहयोग पाइएला। शिक्षामा सफलता मिल्नुका साथै शेयर बजारले पनि साथ देला।
धनु – तपाइको आज घर व्यवहारमा झमेला हुनसक्छ। नयाँ योजना
कार्यान्वयनमा ल्याउन मुस्किल होला। स्वास्थ्यमा खराबी आउन सक्छ। आर्थिक कारोबारमा
मन्दी आउला।
मकर - मकर राशीका तपाइको आज सभा
समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आउलस्वास्थ्य सम्बन्धी समस्या आउँन
सक्ने हुनाले बढी सचेत रहनु होला ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज लगनशीलताले कामहरू
अगाडि बढ्लान। दाम्पत्य जीवन सुखमय हुनेछ। विद्या र बुद्धिको विकास होला। दिनको
उत्तरार्ध अधिक सुखद् रहला।
मिन –
तपाइको आज कुनै
कुराले मनमा शान्ति छाउला विशिष्ट व्यक्तिको साथ पाइने र छोटो दुरीको लाभदायक
यात्रा हुनेछ। शुभकार्यको चर्चा पनि होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता