Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असोज ५ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | ५ असोज २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल असोज ५ गते, भदौ शुक्ल सप्तमी तिथी शुक्रबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज मन खिन्न हुने स्थिति आउन सक्छ। कार्य सम्पादनमा सहजता नहोला। जिद्दीपनाले गर्दा काम बिग्रन सक्छ। स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ।

वृष  तपाइको आज नोकरी तथा व्यवसायमा लाभ हुनेछ। आर्थिकस्तर माथि उठ्ला। छोटो यात्रा तथा मान सम्मान पाइने र अधुरो काम पनि बन्ने समय छ।

मिथुन - तपाई आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न होला। सवारी साधनको खरिद बिक्री हुने र प्रेम तथा दाम्पत्य जीवन सुखमय हुने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कुनै कुराले मनमा शान्ति छाउला। शुभकार्यको चर्चा होला। बन्धु बान्धवबाट सहयोग मिल्ने र प्रेममा सफलता प्राप्त होला।

सिंह तपाईको आज प्रेममा बाधाका हुदा मन कमजोर रहनेछ। घर परिवारमा झैझमेलाको अवस्था आउनसक्छ। दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्ने देखिन्छ।

कन्या - कन्या राशीका तपाईको आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने, रोमाञ्चक यात्रा हुने र प्रेमीको सहयोग प्राप्त हुने समय छ।

तुला - तपाइको आज श्रमको उचित मूल्याङ्कन नहोला। मनमा हर्ष, उमङ्ग र उत्साह बढ्नेछ। कला र गलाको प्रभाव बढ्नाले शुभ समाचार सुन्न पाइनेछ।

वृश्चिक  तपाईको आज राज्यबाट मान सम्मान र कुटुम्बको सहयोग पाइएला। घरमा अतिथिको आगमन होला। बोलीको भरमा कार्य सम्पादन हुनसक्छ।

धनु  तपाइ आज चोटपटकबाट जोगिनु होला। कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने, अनावश्यक काममा सहभागिता जनाइने सम्भावना छ।

मकर - मकर राशीका तपाइको आज माया प्रेममा सामीप्यता बढ्ला भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार होला। शुभ समाचार पनि सुन्न पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज परिवारमा सुख सन्तोष छाउला। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक भइएला, अति प्रिय व्यक्तिको यादले भने सताउनेछ।

मिन – तपाइको आज पारिवारिक सद्भाव बढेर जानेछ। आँटेको र ताकेको कार्य पुरा होलान। आकस्मिक धनलाभ होला। महिला वर्गबाट सहयोग पनि पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप