Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज १९ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | १९ असोज २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल असोज १९ गते, असोज कृष्ण सप्तमि तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो हुनेछ, नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्ला।

वृष – तपाइको आज व्यापार व्यवसायमा सफलता होला, मित्रहरूले सहयोग गरी तपाईंलाई खुसी राख्लान। कूटनीतिक नियोगको सहयोग पनि मिल्नेछ।

मिथुन - तपाईलाई आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ राजनीति अधिकारमा सफलता हात पर्ला। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज वैदेशिक क्षेत्र कमजोर हुनसक्छ, अनावश्यक ठाउँमा धन खर्च होलान। आफ्नो विचार विपरित निर्णय गर्न पर्दा कामहरू अधुरै रहलान्।

सिंह – तपाईको आज आँटेको र ताकेको कार्य पुरा हुनाले नयाँ कामको थालनी होला। वैदेशिक कार्य अघि बढ्नुका साथै वित्तिय संस्था बाट सहयोग पाइएला।

कन्या - कन्या राशीका तपाईको आज शुभकार्यको चर्चा हुनेछ, मुद्दा मामिलामा सफलता पाइएला। जीवनसाथीसँग राम्रो आहार विहारका साथै रमाइलो समय बिताउनु होला।

तुला - तपाइलाई आज नयाँ ज्ञान सिक्ने मौका मिल्नाले कला र गलाको प्रभाव बढ्ने देखिन्छ। अचल सम्पत्ति हात पर्ने र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग छ।

वृश्चिक – तपाईले आज आफूलाई कमजोर भएको अनुभूति गर्नुहुनेछ, खानपिनमा सजगता अपनाउनु होला। मनमा शङ्का उत्पन्न हुनसक्छ। अनावश्यक धन खर्च पनि होला।

धनु – तपाइलाई आज आफन्तको सहयोग प्राप्त होला, बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। अतिथिको रूपमा सत्कार पाइनेछ।

मकर - मकर राशीका तपाइको आज धनमाल हात पर्न सक्ने शुभ समाचार सुन्न पाइनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने र शिक्षामा सफलता मिल्ने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज धार्मिक यात्रा हुने, अरुलाई प्रभावित पारेर काम बन्ने, कार्य क्षेत्रमा प्रगति हुने, बन्धु बान्धवबाट सहयोग मिल्ने योग छ।

मिन – तपाइको आज साँझमा कतैबाट शुभ समाचार सुन्न पाइएला, मनमा विना कामका चिन्ताले सताउँला। नजिकका व्यक्तिहरू सँग झगडा पर्न सक्ने सम्भावना छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप