Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन ५ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | ५ साउन २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल साउन ५ गते, साउन शुक्ल तृतिया तिथी शुक्रबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा सफलता पाइनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा पनि होला।

वृष - तपाईलाई आज स्वास्थ्यमा खर्च बढ्नसक्ने, यात्रामा मालसामान हराउन सक्ने, सानातिना समस्यामा अल्झनुपर्ने र शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने समय छ।

मिथुन - तपाईको आज रोकिएका काम पुनः सुरु हुन सक्लान। आर्थिक कारोबारमा सफलता पाइने र महिला वा मित्रबाट विशेष सहयोग मिल्ने समय छ। लाभदायक यात्रा पनि होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज काममा अपेक्षाकृत सफलता हात पर्ने, रोकिएको धन हात पर्ने र न्यायिक कार्यमा सफलता मिल्ने तथा व्यापारमा मनग्ये धनलाभ हुने समय छ।

सिंह – तपाईको आज भाग्यले विभिन्न अवसर जुराउला। धर्मकर्म तथा समाजसेवामा मन लाग्ला। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि पाइन सक्छ।

कन्या - कन्या राशीका तपाईको आज स्वास्थ्य सम्बन्धी लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसक्ला। रुघा लाग्ने जस्ता समस्याले पनि सताउनेछ।

तुला - तपाइको आज धैर्य एवं लगनशीलताले अवसर दिलाउला। आर्थिक क्षेत्रमा उन्नति र सफलता पाइएला। प्रेम सम्बन्ध पनि कसिलो होला।

वृश्चिक – तपाईको आज भाग्यले विभिन्न अवसर जुराउला। कुनै कुराले मनमा शान्ति छाउनसक्छ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने र घरमा अतिथिको आगमन हुनेस समय छ।

धनु – तपाइको आज गरेका प्रयास र उद्यममा राम्रै सफलता मिल्ला। नजिकैको यात्राबाट लाभ होला। साँझमा आफन्तको साथ र सहयोग भरपुर पाइएला।

मकर - मकर राशीका तपाइको आज बन्न लागेको काम बिग्रिने भय छ। परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्ला, तर नयाँ ज्ञान सिक्ने मौका भने पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। साथीभाइले पनि राम्रै सहयोग जुटाउने र  कहीँकतैबाट कुनै उपहार प्राप्त हुनसक्ने सम्भावना छ।

मिन – तपाइको आज शुभ आरम्भको चर्चा होला। नयाँ काममा जुट्ने, स्वास्थ्य राम्रो रहने, परिवारको खुसीका निम्ति केही खर्च हुनसक्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप