फागुन
२९, काठमाडौँ । आज रङहरुको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ । आज परम्परागत
रूपमा काठमाडौँ लगायत पहाडी जिल्लामा वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र
सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ र लोला खेली मनाइदैँ छ ।
आज यस
पर्वका अवसरमा काठमाडौँको वसन्तपुरको वातावरण नै रङ्गीचङ्गी हुँदै छ । बसन्तपुरमा उपस्थित
मानिसले त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँने
परम्परा रहेको छ ।
आज औषधोपचारको
काममा आउने विश्वासका साथ उक्त चीरमा राखिएका ध्वजापताका लुछाचुँडी गरी लिने र
अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइने प्रचलन रहेको छ ।
सरकारले फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सार्वजनिक बिदा
दिँदै आएको छ ।
- न्युज बहार संवाददाता