Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

इन्द्रजात्राको सुरुवातसँगै काठमाडौँमा सुरु भयो देवि नाच

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

भदौ २७, काठमाडौँ । काठमाडौँ महानगरपालिका १८ किलागलमा  इन्द्रजात्राको सुरुवातसँगै  नाचिने पौराणिक नाच दी प्याखं अर्थात देवी नाचको सुरुवात भएको छ ।  ‘पिदने’ नामको तेस्रो पूजा गरेर कायअष्टमीका दिन मुकुट, मुकुन्डो, घुँघुरा र पोसाकसहितको नृत्य गरिएको हो ।

पहिलो पूजा श्रावण शुल्क चौथीका दिन गरेर नृत्य प्रशिक्षण सुरु गरिने गरिन्छ  भने भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गर्ने गरिन्छ जुन प्रकृयालाई ‘घँगलासि’ भनिन्छ । यसमा पात्रहरूलाई दैवी शक्ति प्राप्त होस् भनेर पूजा गर्ने गरिएको छ । 

यस नाचले असत्य माथि सधै सत्यको जीत हुन्छ भन्ने सन्देश दिने गरेको छ । अन्य परम्परागत नाचहरूमा दैत्यको वध गरेको देखाइन्छ भने यस नाचमा पराजित दैत्य भागेको देखाइन्छ। अन्य नाचमा बलि चढाउने गरिन्छ भने यस नाचमा त्यस्तो बलि दिइदैँन । यस नाचलाई शान्त नाचको रूपमा पनि लिइने गरिन्छ ।  

  • न्युज बहार संवाददाता

थप