Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

टी-२० महिला सिरिज : नेपालको लगातार दोस्रो जित ।

  •   ३ वर्ष अघि | ६ भदौ २०८०, बुधबार

भदौ ६, काठमाडौँ । नेपालले चार देशबीचको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आज आफ्नो दोस्रो खेलमा पनि जित हात पारेको हो । 

आज मलेसियाको बायुमास ओभलमा भएको खेलमा कुवेतलाई नेपालले ३४ रनले पराजित गरेको छ ।

नेपालले आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरी ८ विकेट गुमाएर ८९ रन बनाएको थियो । 

जवाफमा ब्याटिङ गरेको कुवेतले ९० रनको लक्ष्य पछ्याउँदा २० ओभरमा ८ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो ।

सिरिजमा अर्को खेलमा अब नेपालले शुक्रबार आयोजक देश मलेसियासँग खेल्नेछ। 

  • न्युज बहार संवाददाता

थप