असोज ८, काठमाडौँ । नेपाली टोलीले आज आईसीसी
विश्वकप लिग २ का लागि क्यानडा भ्रमणमा रहेको ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
आजको खेल
नेपाली समयअनुसार किंग्स सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।
नेपालले
आजको खेल जित्ने लक्ष्य राखेको छ । किनकी क्यानडा
भ्रमणका क्रममा नेपालले आफ्नो तिनवटै खेल हारेको छ । अब आजको खेल जित्तै नेपालले शृङ्खलाको
सुखद् अन्त्य गर्ने लक्ष्य राखेको छ।
- न्युज बहार संवाददाता