Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड लिओनल मेसीलाई

  •   ३ वर्ष अघि | २० मंसिर २०८०, बुधबार

मंसिर २०, काठमाडौँ । टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले जितेका छन् ।

मेसीले गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।

३६ वर्षीय मेसीले अक्टोबरमा कीर्तिमानी आठौँ पटक बालोन डे’ओर अवार्ड पनि जितेका थिए ।

टाइम म्यागजिनले लेखेको छ ‘लिओनल मेसीले यो वर्ष असम्भव देखिने उपलब्धिहरु हासिल गरिरहेका छन्। उनले इन्टर मायमीसँग सम्झौता गरे अनि अमेरिकालाई एउटा फुटबल देशको रुपमा चिनाएका छन।’

यस्तै टाइमसका अनुसार मेसीको आगमनले रंगशालामा दर्शकको उपस्थिति, टिकटको मूल्य र मर्चेन्डाइज बिक्रीमा उल्लेख्य वृद्धि तथा एमएलएस खेलको दर्शक बढाउन महत्वपूर्ण योगदान गरेको छ ।

  • न्युज बहार संवाददाता

थप