साउन २९,
लण्डन । चेल्सी र लिभरपुलबीचको रोमाञ्चक खेल बराबरीमा रपकिएको छ । प्रिमियर लिगको
नयाँ सिजनको आइतबार साँझ भएको खेलमा १–१ को बराबरीमा टुङ्गिएपछि दुवै टोली
अङ्क बाँड्न बाध्य भएका हुन्।
लिभरपुलले खेलको सुरुवातमा नियन्त्रण बनाएको थियो । मोहमद शालाहको प्रहार पोस्टमा लागेपछी उनैको पासमा लुइस डियाजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका हुन ।
पहिलोपटक नयाँ म्यानेजर माउरिसियो पोचेटिन्होको नेतृत्वमा प्रिमियर लिग खेलिरहेको चेल्सी त्यसपछि भने खेलमा फर्किन सफल भयो । खेलको ३७ औँ मिनेटमा नयाँ खेलाडी एक्सल डिसासीले गोल गर्दै खेल बराबरी गरेका हुन ।
आइतबार नै भएको अन्य खेलमा हटस्पर्स ब्रेन्टफोर्डसँग टोटनह्याम २–२ को बराबरीमा रोकिएको थियो ।
- न्युज बहार संवाददाता