Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज शुक्रबारदेखि १७औँ संस्करणको आईपीएल सुरु

  •   ३ वर्ष अघि | ९ चैत्र २०८०, शुक्रबार

चैत ९, काठमाडौँ । आज अर्थात शुक्रबारदेखि १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सुरु हुँदैछ । १० वटा टोलीको  यस  संस्करणमा सहभागिता रहेको छ । आज प्रतियोगिताको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र साबिक विजेता चेन्नई सुपर किङ्सबिच खेलिने छ । 

चेन्नईस्थित एम. ए. चिदम्बरम क्रिकेट रंगशालामा उद्घाटन खेल अघि प्रतियोगिताको भब्य उद्घाटन समारोह आयोजना गरिने भएको छ । बलिउडका चर्चित हस्तीहरुले उद्घाटन समारोहमा पनि आफ्नो प्रस्तुति दिने भारतिय संचारमध्यमहरुले  जनाइएको छ । 

चर्चित गायक सोनु निगम र एआर रहमानले उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने भएका छन् भने यसका अतिरिक्त टाइगर श्राफ, अक्षय कुमारलगायतका चर्चित बलिउड कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने जनाइएको छ । 

१७औँ संस्करणको प्रतियोगितामा दिल्ली क्यापिटल्स, चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स, गुजरात टाइटन्स, मुम्बई इन्डियन्स, लखनउ सुपर जाइन्ट्स, राजस्थान रोयल्स, पञ्जाब किङ्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंग्लुरु गरी १० टोलीले उपाधीका लागि आपसमा प्रतिस्पर्धा गर्ने छन ।  

  • न्युज बहार संवाददाता

थप