असोज १८,
काठमाडौँ । आज बिहीबारदेखि आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु हुँदै छ ।
आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा साबिक उपविजेता न्युजिल्यान्ड र साबिक
विजेता इङ्गल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अहमादाबादस्थित नरेन्द्र मोदी
स्टेडियममा आजको उद्घाटन खेल खेलाइने छ ।
दिवा—रात्रि रूपमा प्रतियोगिताको उद्घाटन
खेल खेलाइने छ । नेपाली समयअनुसार आजको खेल दिउँसो २:१५
बजेदेखी सुरु हुनेछ । विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशालामध्येको एक नरेन्द्र
मोदी स्टेडियम पनि हो । त्यस रङ्गशालाको दर्शक क्षमता एक लाख ३० हजार रहेको छ ।
- न्युज बहार संवाददाता