Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा सन्दीप लामिछाने सम्मिलित टिम विजयी ।

  •   ३ वर्ष अघि | १७ साउन २०८०, बुधबार

साउन १७, काटमाडौँ । ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित टिम विजयी भएको छ।

गएराती भएको खेलमा लामिछाने सम्मिलित सर्रे जागुएर्सले ब्राम्पटन वल्भ्सलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ ।

त्यसैगरी अर्का नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरी सम्मिलित मोन्ट्रिएल टाइगर्स भ्यानकुभर नाइट्ससँग पराजित भएको छ । हारका बाबजुद टाइगर्स शीर्ष स्थानमै अवस्थित छ ।

गएराति भएको पहिलो खेलमा ब्राम्पटन वल्भसलाई सन्दीप सम्मिलित जागुएर्सले ६ विकेटले पराजित गरेको छ । तर यस खेलमा सन्दीपले विकेट लिन सकेनन् ३ ओभर बलिङ गरेका उनले २५ रन खर्चिएका छन ।

यद्यपि ब्राम्पटनलाई सर्रे जागुएर्सले १२८ रनमै रोकेको छ ।

अर्को खेलमा शीर्ष स्थानमा रहेको मोन्ट्रिएल टाइगर्स भने भ्यानकुभरसँग सजिलै ९ विकेटले पराजित भएको छ । पहिले ब्याटिङ गरेको टाइगर्सले १८.३ ओभरमा ९९ रन बनाई सबै विकेट गुमाएर अलआउट भएको थियो ।

  • न्युज बहार संवाददाता

थप