भदौ ३१, काठमाडौ भदौँ । श्रीलंकाले एसिया कपको फाइनल भिडन्तमा भारतलाई ५१ रनको झिनो लक्ष्य दिएको छ ।
कोलम्बोको मैदानमा आज भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन बनाई अलआउट भएको छ ।
भारतका लागी जसप्रित बुमराहले १ विकेट, हार्दिक पाण्डेले ३ विकेट र मोहम्मद सिराज एक्लैले ६ विकेट लिएका हुन ।
- न्युज बहार संवाददाता