असार २५, सुर्खेत । १० औं राष्ट्रिय खेलकुद
प्रतियोगितालाई लक्षित गरी कर्णालीमा खेलसँग सम्बन्धित पूर्वाधारहरु अहिले निर्माण
भइरहेका छन् । कर्णालीमा २०८१ सालको मंसिर २ गतेदेखि १० औँ राष्ट्रिय खेलकुद
प्रतियोगिता सञ्चालनहुन गइरहेको छ ।
कर्णाली
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव बिश्वमित्र सञ्ज्यालले प्रतियोगिता अन्तर्गत
हुने खेलहरु सञ्चालनका लागि धमाधम पूर्वाधार निर्माण भइरहेको बताएका छन ।
जुम्लाको राजासिम मैदानमा माटो भर्ने
र लेभलिङको काम भइरहेको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।
यता रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पातिहाल्नामा क्रिकेट मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको परिषद्ले जानकारी गराएको छ ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश रंगशाला, हुम्लाको हक्की मैदान, कालीकोट भलिबल कभर्डहल, सुर्खेत चिसापानी खेलमैदान, मैनतडा खेल मैदान, चौरजहारी रंगशाला, कालिञ्चोक मैदान निर्माणमा आवश्यक बजेट बिनियोजन गरेको छ।
त्यसैगरी जिल्लास्तरीय मैदान, जाजरकोट कुदु रंगशाला निर्माणका लागी पनि आवश्यक रकम विनियोजन गरिएको सदस्य सचिव संज्यालले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता