भदौ १, काठमाडौँ । सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलका लागी पहिलो गोल गरेकी छिन । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य रहेकी साम्बाले इजरायलमा भएको खेलमा आफ्नो पहिलो गोल गरेकी हुन ।
एथेना कपको दोस्रो चरणमा इजरायलको होपएल रानानामा अनुबन्ध भएकी सावित्राले हाडेरा ट्यालेन्ट्स विरुद्धको आफ्नो पहिलो खेलमा डेब्यु गोल गरेकी हुन् ।
इजरायली लिगमा अनुबन्ध भएर खेल्ने सावित्रा पहिलो नेपाली महिला खेलाडी समेत हुन् ।
- न्युज बहार संवाददाता