असोज ९, काठमाडौँ । एसियाली खेलकुद (एसियाड) का लागि क्रिकेटर सन्दीप लामिछाने चीनतर्फ लागेका छन् ।
नेपाली टोली यसअघी नै एसियाडका लागि चीन प्रस्थान गरिसकेको छ भने सन्दीप मुद्दाका कारण रोकिएका थिए।
मुद्दाको सुनुवाइ आइतबारदेखि सुरु हुने भनिएको थियो तर सुनुवाई रोकिए पनी उनी आफू मानसिक रुपमा तयार नभएको भन्दै चिन गएका थिएनन् ।
उनले क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफल गरेपछी उनी आज मंगलबार चीनतर्फ लागेका छन ।
नेपालले भोलि बुधबार एसियाली खेलकुदको क्रिकेटमा मंगोलियासँग खेल्दै छ ।
- न्युज बहार संवाददाता