असोज २६,
काठमाडौँ । त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने जानकारी क्रिकेटर सन्दीप
लामिछानेले दिएका छन् । उनले आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक
सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका हुन ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको यूएई, नेपाल र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा आफू कठिन परिस्थितिबाट गुज्रिरहेको खेलमा सहभागी हुन नसक्ने सन्दीपले जानकारी दिएका हुन ।
उनले यसबारे जानकारी दिदैँ आप्नो सामाजिक सञ्जालमा लेखेका छन् “भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु, म मेरो जीवनको चुनौतीपूर्ण र कठिन समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक रहेको छ । मैले परिवारलाई समय चाहिन्छ भन्ने महसुस गरेको छु । अहिलेसम्म मैले पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु साथै अर्को भेट नभए सम्म सबैलाई धन्यवाद।"
- न्युज बहार संवाददाता