Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

साफ वुमन्स च्याम्पियनसिप : फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित

  •   २ वर्ष अघि | १४ कार्तिक २०८१, बुधबार

कात्तिक १४, काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिपको आज भएको फाइनल खेलमा नेपाल पराजित भएको छ । फेरि एक पटक नेपाल उपविजेतामा सिमित हुन पुगेको हो ।

घरेलु मैदानमा भएको आजको फाइनल खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ ले हराउँदै लगातार दोस्रो पटक उपाधि जित्दा नेपालको भने उपाधी चुम्ने सपना सपनामै सिमित हुन पुग्यो ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशले गरेको २ गोलको जवाफमा नेपालकी अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काएकी थीइन तर सो गोल जितको लागि पर्याप्त हुन भने सकेन ।

  • न्युज बहार संवाददाता

थप