चैत १३, बैंगलुरु
। इन्डियन प्रिमियर लिग (आईपिएल)मा हिजो राति भएको खेलमा रोयल च्यालेन्जर्स
बैंगलुरुले विराट कोहलीको शानदार इनिङ्सको मद्दतले सिजनको पहिलो जीत हात पारेको छ
। बैंगलुरु सोमबार राति भएको खेलमा ४ विकेटले विजयी भएको हो ।
हिजोको
खेलमा कोहलीले ७७ रनको पारी खेलेका थिए । पञ्जाब किंग्सले जितका लागी बैंगलुरुलाई १
सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य बैंगलुरुले चार ४ बल बाँकी
छँदा पुरा गरेको हो ।
त्यसअघि पञ्जाबले टस हारेर
पहिले ब्याटिङ गर्दा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।
- न्युज बहार संवाददाता