भदौ १७, काठमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेका छन । लामिछाने एसिया कप क्रिकेट अन्तरगत भोली हुने नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका प्रस्थान गरेका छन् ।
सोमबार श्रीलंकाको क्याण्डीस्थित तालेकेले क्रिकेट मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । आइतबार लामिछाने सोही खेल हेर्न र नेपाली टोलीको हौसला बढाउन त्यसतर्फ प्रस्थान गरेको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिएका छन ।
स्थानीय समयअनुसार सोमबार दिउँसो सवा ३ बजे नेपाल र भारतबीचको खेल सुरु हुनेछ ।
- न्युज बहार संवाददाता