कार्तिक १६, काठमाडौँ । ओमानले टी–२० विश्वकप एसिया छनोट फाइनलमा नेपाललाई
१४६ रनको लक्ष्य दिएको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।
टस हारेर त्रिवि
क्रिकेट मैदान,कीर्तिपुरमा
ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको छ।
बलिङ तर्फ नेपालका सोमपाल कामी र सन्दीप
लामिछानेले २/२ विकेट लिएका छन भने करण केसीले
३ विकेट लिन सफल भएका छन । अविनाश
बोहोरा र गुल्शन झाले एक/एक विकेट लिएका छन ।
- न्युज बहार संवाददाता