साउन
३०, काठमाडौँ । एसिया कप २०२३ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली
राष्ट्रिय टिम घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा एसिया कपमा लागि क्यानले १७ सदस्यीय
टिम घोषणा गरेको हो।
नेपाल एसिया
कपमा समूह ‘ए’ मा छ भने यो खेल एकदिवसीय फर्म्याटमा
हुने
छ।
समूह
‘ए’ मा नेपालले पाकिस्तान र भारतसँग खेल्नेछ।
नेपालले अगस्ट ३० (भदौ १३) मा एसिया कपको पहिलो खेल पाकिस्तानसँग खेल्नेछ।
एसिया कपका लागी टिममा १७ खेलाडीहरु समावेश गरिएको छ।
उक्त टिममा रोहित पौडेल
(कप्तान), कुशल
भुर्तेल, आसिफ शेख, भीम सार्की, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, गुल्सन झा, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा, किशोर महतो, श्याम ढकाल र अर्जुन साउद
रहेका छन।
- न्युज बहार संवाददाता