Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आईपीएल र पीएसएल दुबैमा परेनन नेपाली क्रिकेट खेलाडीहरु

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

मंसिर २८, काठमाडौँ । आगामी सिजनको पाकिस्तान सुपर लिग (पीएसएल) र इन्डियन प्रिमियर लिग (आईपीएल) दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका खेलमा नेपाललि खेलाडीहरुको उपस्थिति नहुने भएको छ ।  दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीहरुलाई मैदानमा देख्न नपाइने भएको हो । बुधबार राति सम्पन्न पीएसएलको ड्राफ्टमा कुनै पनि नेपाली खेलाडी नबिकेपछी यि दुबै खेलमा नेपाली खेलाडिको उपस्थिति नहुने निश्चित भएको हो । 

१० जना नेपाली खेलाडीले आगामी सिजनको पीएसएलका लागि नाम दर्ता गराएका थिए । त्यसमा नेपालका चर्चित लेगस्पिनर सन्दीप लामिछाने प्लाटिनमसमूहमा रहेका थिए तर उनलाइ कुने पनि टिमले किनेनन् । यदि कुनै क्लबले प्लाटिनम समूहमा रहेका खेलाडीलाई खरिद गरेको भए सबैभन्दा बढी रकम प्राप्त गर्ने थिए ।

यसअघि नेपाली खेलाडीहरुले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि पनि आफ्नो नाम दर्ता गराएका थिए । तर, कुनै पनि नेपाली खेलाडीलाई आईपीएलका अक्सनका लागि अन्तिम सूचिमा समावेश गरिएन । नेपाली खेलाडी सन्दीप लामिछानेले यसअघि आईपीएल खेलिसकेका छन् ।

  • न्युज बहार संवाददाता

थप