असार ३१, काठमाडौँ । नेपालले बंगलादेशसँगको
मैत्रीपूर्ण महिला फुटबल शृंखलामा जित हात पारेको छ ।
नेपाल आज भएको दोश्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशलाई टाइब्रेकरमा पछि पार्दै विजयी भएको हो ।
दोश्रो खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंग्याएका नेपाल र बंगलादेशले त्यसपछी टाइब्रेकरमा गएको थियो।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेल बराबरीमा पुगे पछी खेलको विजेता छान्न टाइब्रेकर गरिएको थियो ।
टाइब्रेकरमा नेपाल ४–२ ले विजयी भयो ।
टाइब्रेकरमा नेपालकी हिरा भुजेल, सावित्रा भण्डारी, अनिता केसीको दिपा शाही, प्रहारले पोष्टको जाली चुम्न सफल भयो।
- न्युज बहार संवाददाता