कार्तिक १, काठमाडौँ । आज बुधबारदेखी सुरु भएको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको पहिलो खेलमा नेपालले यूएईलाई
७ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको छ ।
काठमाडौँको
मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको सामान्य लक्ष्यलाई नेपालले कप्तान
रोहितकुमार पौडेलको अर्धशतकसँगै ३ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्न सफल भएको हो
।
- न्युज बहार संवाददाता